१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आचार्य बालकृष्णले ‘आचार्यकुलम’ स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
२५ माघ २०७५, शुक्रबार ०४:३९

काठमाडौं । पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्न लागेका छन् । साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि उनले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरे ।
आचार्यकुलम, गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो । यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरिरहेका छन् । आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताए ।