१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियम विश्व वरियताको शीर्ष स्थानमा, नेपाल फिफा बरियतामा यथास्थानमा


२५ माघ २०७५, शुक्रबार ०७:४४

लण्डन । विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ६१औं स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत शीर्षस्थानमा छ । भारत समग्र वरियताको १०३ स्थानमा छ । दोस्रो स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स समग्रमा एक सय ५२औं स्थानमा छ ।

दक्षिण एसियाका अन्य राष्ट्रमा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९९औं र श्रीलंका २०० स्थानमा छ । बेल्जियम विश्व वरियताको शीर्ष स्थानमा छ । विश्वकप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, विश्वकप उपविजेता क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छन् ।