१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन यात्रुको निधन

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार ०९:३९

हेटौँडा । मकवानपुर जिल्लाको पश्चिम भेकमा पर्ने हाँडीखोला–२ मकरीबाट जिल्ला सदरमुकाम हेटौँडातर्फ आउँदै गरेको ना४ख ४३०७ नंको बस मकरी नजिकै अनियन्त्रित भई घुम्तीमा ठोक्किँदा बसका तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
सो बसका यात्रुमध्ये हाँडीखोला–२ बस्ने २० वर्षीय पनिस लामिछाने, २१ वर्षीय सूर्यबहादुर लामा र नाम नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दसैँबजारमा आएका करिब ६० यात्रु सो ठक्करबाट घाइते भई अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।
घाइते यात्रुमध्ये करिब १० जना गम्भीर भएकाले थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाउन तयारी भइरहेको जिप्रका नियन्त्रण कक्षले जनाएको छ ।