४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रहरीलाई घुस दिन खोज्ने ३ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२५ माघ २०७५, शुक्रबार १६:३०

काठमाडौं-काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा.५ ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिपर चालक तामाङले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने आशिष थापा र बिकाश थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महाराजगंजबाट ट्राफिक प्रहरी सहित खटिएको प्रहरी टोलीले ग.८ प १०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मादक पदार्थ सेवन गरेको र कागजपत्र जाँच गर्ने क्रममा प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ बागबजारस्थित प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने दोलखा घर भएका ३४ वर्षीय दिलिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन गरी पार्किङ गरी राखेको मोटरसाइकललाई लात्तीले हानी ढलाईरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएका प्रहरीले फेला पारी सोधपुछ गर्दा उक्त रकम घुस दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।