१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मेसी र रोनाल्डोमा कसको कमाई कति ? यस्तो छ पछिल्लो हिसाव–किताव

नेपालब्रिटेन डट कम्
२५ माघ २०७५, शुक्रबार १६:३४

पोचुगाली स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका छन् ।

३१ वर्षीय मेस्सी आफ्ना खास प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका पोर्चुगिज रोनाल्डोलाई झण्डै दोब्बर रकमले पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फ्रेन्च पत्रिका ‘एलइक्विप’ हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने फुटबलर हुन् ।

बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले मासिक ७.३ मिलियन युरो कमाउँछन् । त्यसपछि रोनाल्डो दोस्रो स्थानमा छन् । ३४ बर्षीय रोनाल्डोले मासिक ४.१ मिलियन युरो कमाउँछन् । यो कमाई कर कटाएर हो । धेरै युरो कमाउने शीर्ष खेलाडीहरुमा लियोनल मेस्सी (बार्सिलोना) ७.३ मिलियन, क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ४.१ मिलियन, एन्टोइन ग्रीजम्यान (एट्लेटिको म्याड्रिड) २.९ मिलियन, नेमार (पिएसजी) २.७ मिलियन, लुइस स्वारेज (बार्सिलोना) २.५ मिलियन र ग्यारेथ बेल (रियल म्याड्रिड) २.२ मिलियन छन् ।