८ बैशाख २०८१, शनिबार
Follow Us

बोरामा थन्किए एनआरएन ग्लोबल परिचयपत्र, लाखौं रुपैयाँको दुरुपयोग


२५ माघ २०७५, शुक्रबार १६:४३

एनआरएनएले छापेको परिचयपत्र मान्दौनौ: अध्ययागन प्रमुख पौडेल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जारी गरेको ग्लोवल परिचयपत्रमा प्रभावहीन हुँदै गए पछि संघलाई लाखौ रुपैयाँको घाटा हुन पुगेको छ ।

संघको केन्द्रीय समितिले गतवर्षदेखि परिचयपत्र वितरण गर्न थालेको भएपनि त्यो प्रभावहीन हुँदै आएको छ । तर, संघका केही पदाधिकारीले परिचयपत्र पुनः छपाई गरेर आर्थिक चलखेल गर्न खोजेको आशंका गरिएको हो ।

एनआरएनएको केन्द्रिय कार्यालयका अनुसार गतवर्ष छापिएका हजारौं परिचयपत्र त्यत्तिकै बोरामा थन्किएका छन् । प्रति परिचयपत्र तीन डलरका दरले ७० हजार परिचय पत्र छापिए पनि संघको राष्ट्रिय समितिहरुमा प्रभावकारी रुपमा वितरण हुन नसक्दाँ विदेशमा सर्वसाधारणले दुःख गरेर आर्जन गरेको रकमको चरम दुरुपयोग भएको छ ।

एनआरएनए युकेका अनुसार गतवर्ष संघले वेलायतको लागि छापेर पठाएका परिचयपत्र मध्ये आधा भन्दा बढी परिचयपत्र वितरण हुन सकेका छैनन् ।

संघका महासचिव राजकुमार त्रिपाठीले वेलायतको करिब ५ हजार पंन्जिकृत सदस्य मध्ये आधा भन्दा बढीको परिचयपत्र काठमाडौंमै थन्किएको बताए ।

‘हामीलाई प्राप्त परिचयपत्र मध्ये धेरैजसो हुलाकबाट पोष्ट गरेर पठाएका छौं धेरै जनाको परिचयपत्र नै अहिलेसम्म प्राप्त भएको छैन’ उनले सुनाए ।

एनआरएनए अष्ट्रेलिया संयोजक धर्मराज अधिकारीले अष्ट्रेलियामा समेत संघले छापेका परिचयपत्र वितरण हुन नसकेको नेपाल ब्रिटेनलाई जानकारी दिए ।

‘यो राष्ट्रिय समितिको काम हो, मैले बुझ्न पाएको छैन तर परिचयपत्र वितरण त्यति प्रभावकारी भएको छैन’, अधिकारीले बताए ।

यस्तै कोषाध्यक्ष हिक्मत थापाले अफ्रिका क्षेत्रमा नाइजेरिया बाहेक अरु देशमा परिचय पत्र वितरण भएको बारे आफूलाई थाहा नभएको बताए ।

यसअघि एनआरएनएले उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । नेपालब्रिटेन डट कमले राजभण्डारीसंग सदस्यताको विवरण माग गरे पनि उनीले विस्तृत विवरण दिन अस्वीकार गरिन् ।

संघले परिचयपत्र प्राप्त गरेको व्यक्तिले काठमाडौंस्थित विभिन्न अस्पताल, इन्सोरेन्स कम्पनी, एरलाइनन्स तथा सुपरमार्केटमा १० देखि ३० प्रतिशत सम्म एनआरएनएलाई छुट हुने भन्दै परिचयपत्र वितरण हुनु पर्नेमा जोड दिँदै आएको छ ।

पचिरयपत्रका आधारमा नेपालमा छुट माग्दै हिँड्नुलाई कतिपय एनआरएनहरुले संघको नीति विपरीत भएको टिप्पणी गरेका छन् ।

एक एनआरएनएले भने, ‘देशमा अस्पताल खोल्छौं, उद्योगधन्दा चलाउँदै भन्दै आएको एनआरएनले १० प्रतिशत छुट चाहियो भन्दै माग्दै ढोका ढोका हान्दै हिड्न मिल्छ ?’


एनआरएनएले छापेको परिचयपत्र मान्दौनौ: अध्ययागन प्रमुख पौडेल

यसैवीच नेपालको अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेलले एनआरएनएको ग्लोबल परिचयपत्रलाई मान्याता नदिने प्रतिक्रिया दिएका छन् ।

पौडेलले यसै महिना गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।

‘एनआरएनले छापेको परिचयपत्र एनआरएन भित्र काम लाग्छ तर त्यस्तो परिचयपत्रलाई सरकारी निकायले मान्यता दिन मिल्दैन’ पौडेलले भने, ‘सरकारले गैरआवासीय नेपालीहरुलाई दिएको सेवा र सुविधा लिन चाहानु हुन्छ भने नेपाली दूतावासमा गएर एनआरएन परिचयपत्र लिनुहोस् । अरु पत्रको औचित्य छैन ।’ उनले भविष्यमा काठमाडौंस्थित विमानस्थलमा एनआरएन डेक्सको व्यवस्था गरिने समेत बताए ।

आर्थिक घोटला छानविन हुने
यसै बीच गैरआवासीय नेपाली संघको गत हप्ता वसेको पदाधिकारी बैठकले संघको विभिन्न परियोजना तथा सचिवालयमा भएको खर्च विवरणलाई चुस्त र पारदर्सि बनाउन एक उच्चस्तरिय लाइनस प्राप्त अडिटरको व्यवस्था गर्ने निर्णय गरेको छ ।