१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियामा धुर्मुस-सुन्तली साँझ भव्य (फोटो फिचर)


२५ माघ २०७५, शुक्रबार १७:०५

मलेसिया । माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न भएको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ ।

टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन् । यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ (२०७५) को आयोजना गरेको हो ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ । उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरमनोरञ्जन लिएका हुन् । उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन् ।

अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो सहयोग पाउने विश्वास धुर्मुस–सुन्तलीले व्यक्त गरे ।


तस्बिर सौजन्यः ज्ञानेन्द्र कार्की