४ बैशाख २०८१, मंगलवार
Follow Us

जसले खिचाए गैडामाथि बसेर फोटो, परे फन्दामा


२६ माघ २०७५, शनिबार १३:४३

काठमाडौं–गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ ।

रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।
महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो ।

गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताए ।
सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो ।

गैँडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद् भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताए ।