११ बैशाख २०८१, मंगलवार
Follow Us

घाइते सांसद वलीलाई भेट्न सभामुख महरा हस्पिटलमा


२६ माघ २०७५, शनिबार १३:४९

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नं. प्रदेश सभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।
भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । साथै परिवार र आफन्तहरुलाई नआत्तिन आग्रह गर्नुभएको थियो ।
सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी पनि मेडिसिटी हस्पिटल पुग्नुभएको थियो ।
दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा पर्नुभएको थियो । उहाँलाई अहिले मेडिसिटी हस्पिटलको आइसियूमा राखेर उपचार भइरहेको छ ।