१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली काँग्रेसले चियापान कार्यक्रम नगर्ने

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार १४:२२

काठमाडौं । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आइएको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम यसवर्ष नगर्ने जनाउनुभएको छ ।
काँग्रेसले विसं २०३३ सालमा तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो ।
यस वर्ष पार्टी शोकमा रहेका कारण सभापति देउवाले चियापान कार्यक्रमको आयोजना गर्नु हुने छैन । तर नेपाली कांग्रेसका अन्य नेताहरूले भने दसैं सुरु नहुँदै शुभकामना आदान–प्रदानको नाममा भोजभतेर गरेर उत्ताउलोपन प्रस्तुत गर्न थालेका छन् ।