१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डिआइजी माथि ढुंगा प्रहार


२६ माघ २०७५, शनिबार १३:५७

सुर्खेत ।वीरेन्द्रनगरमा आयोजना गरिएको सप्तरंग सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका डिआइजी महेशविक्रम शाह माथि ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट डिआइजी शाहको बाँया खुट्टामा सामान्य चोट लागेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी समेत सहभागी रहेको उक्त सांंस्कृतिक कार्यक्रममा ढुंगा प्रहार भएको देखेपछि मुख्यमन्त्री शाहीले सानो शुभकामना मन्तब्य दिएर निवास तर्फ लागेका छन् । अध्याँरो भइसकेको कारण ढुंगा प्रहार गर्ने व्यीक्त बारे थाहा पाउन प्रहरीलाई मुस्किल भएको छ ।