१२ बैशाख २०८१, बुधबार
Follow Us

मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ : कमल थापा

नेपालब्रिटेन डट कम्
२६ माघ २०७५, शनिबार १५:३६

स्याङ्जा । राप्रपा अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता र अखण्डता बलियो बनाउन राप्रपा बलियो हुनुपर्ने बताएका छन् उनले धर्म र भगवानप्रति आस्था आस्था नभएका शासकहरुको कारण धर्म,नैतिकता र आदर्श कमजोर हुंदै गएको बताएका छन् ।
नेपाली समाज भ्रष्टाचार,व्यभिचार र पापकर्म तर्फ जानुमा धार्मिक उदासिनताले काम गरेको चर्चा गर्दै थापाले धर्म-संस्कृतिको रक्षा अहिलेको प्रमुख आबस्यकता भएको बिचार ब्यक्त गरे ।
स्याङ्जाको पुतलीबजारमा आज आयोजित “हिन्दुत्व जनजागरण सभा” लाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्रको एजेन्डा कुनै धर्मको बिरोधमा नभई मुलुकको पहिचान सङ्ग सम्बन्धित भएको स्पष्ट पारे । थापाले मुलुकमा पछिल्लो समय भ्रष्टाचार मौलाएको भन्दै बाइडबढी,कर छली,बिदेशमा लुकाईएको कालो धन,सुन काण्ड जस्ता ठुला-ठुला ब्रम्हलुटको बिषयमा सरकार मौन बसेकोमा तीब्र आक्रोश ब्यक्त गरे ।
मुलुकको राष्ट्रियता र अखण्डता माथी प्रश्न चिन्ह उठ्ने गरि क्रियाकलाप भइरहदा पनि सरकार मुकदर्शक भएर बसिरहनु दु:खद भएको भन्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न आफू कृयाशिल रहेको चर्चा गर्दै आम जनताको सहयोगको निमित्त आग्रह गर्दै फागुन १५ देखि ३० सम्म मेची- महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सो अबसरमा पार्टीका नेताहरु तोरण बहादुर गुरुङ , दिलबिकास राजभण्डारी , केदारेश्वर पिठका पिठाधिस धार्मिक गुरु डाक्टर लेखनाथ आचार्य , मदन कार्की, पुष्पराज पुरुष , भुमिजङ्ग केसि , हिक्मतजङ्ग कार्की लगायत धार्मिक ब्यक्तित्वहरुले सम्बोधन गरेका थिए ।