४ बैशाख २०८१, मंगलवार
Follow Us

अर्थमन्त्री डा. खतिवडा लण्डन आउने

नेपालब्रिटेन डट कम्
२६ माघ २०७५, शनिबार १६:१३

लण्डन– अर्थमन्त्री डा युवराज खतिवडा बेलायत आउने भएका छन् । लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फागुन ८ (फेब्रुअरी २०) गते यहाँ आइपुग्ने कार्यक्रम तय भएको हो ।

नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले अर्थमन्त्री खतिवडा ‘नेपाल विकास सम्मेलन’ नामक कार्यक्रममा सहभागि हुन लण्डन आउन लागेको जानकारी दिए । सम्मेलनमा उनले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।

बेलायतमा रहँदा उनले बेलायती अन्तराष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ ।
यस्तै अर्थमन्त्री खतिवडाले एनआरएनए युकेसँग पनि अन्तर्क्रिया गर्नेछन् ।

अर्थमन्त्री खतिवडासँग एनआरएनए युकेले फागुन ९ (फेब्रुअरी २१) गतेका दिन अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।

बेलायत भ्रमण सकेर खतिवडा फागुन ११ (फेब्रुअरी २३) मा स्वदेश फर्किनेछन् ।