६ बैशाख २०८१, बिहीबार
Follow Us

चट्ययाङ पर्दा घर जलेर नष्ट

sarusaru
२७ माघ २०७५, आईतवार ०२:३७

बर्दिवास – महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो ।

बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्ययाङ परेकाले मानवीय क्षति भने भएको छैन । दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चट्ययाङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासचोकबाट करीब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटे बस्तीमा चट्ययाङ परेको हो । मोटरबाटो पनि राम्रो बनिनसकेको सो बस्तीमा भएको घटनाबारे बर्दिवासमा ढिलो जानकारी आउँदा प्रहरी टोली ढिलो गरी पुगेको थियो । घटनापछि डिम्डोङ परिवारको बिचल्ली भएको छ ।
रासस