१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेलबर्नमा चम्किए सन्दीप

sarusaru
२७ माघ २०७५, आईतवार ०७:४८

काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म ११ विकेट लिएका छन् ।
अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सिड्नी सिक्सरविरुद्धको आजको खेलमा सन्दीपले ४ ओभरमा ३ विकेट लिएका छन् ।
मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा आज जित्नै पर्ने दबाव थियो । जसअनुसार पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । सिड्नी सिक्सर्स जवाफी ब्याटिङ गर्ने क्रममा १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो ।
सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको मेलबर्न स्टार्सले बिग बास लिगको सेमिफाइनलमा स्थान पनि बनाएको छ ।