१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरस्वतीको शरणमा (फोटोफिचर)

sarusaru
२७ माघ २०७५, आईतवार ०८:१८

काठमाडौं–आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमीको रुपमा पनि मनाउने गरिन्छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने चलन छ ।