८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न समिति गठन


२७ माघ २०७५, आईतवार १४:१७

लण्डन । एनआरएन अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न एक समिति गठन गरिएको छ ।

पुरस्कारलाई थप व्यवस्थित गर्नको लागि संघका केन्द्रीय प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

संघ गत महिना काठमाण्डौंमा सम्पन्न ६४ औं वैठकद्धारा गठित सो समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, एनआरएन आइसीसी सदस्य रामशरण सिमखडा, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, एनआरएनए समाचार संयोजक चिरन शर्मा र पत्रकारहरु हेमन्त काफ्ले र फडिन्द्र भट्टराई रहेका छन् ।

एनआरएन युकेको पाचौं कार्यसमितिको सकृयता र नेपाल पत्रकार महासंघ युके शाखाको सहकार्यमा स्थापना भएको सो पुरस्कारको लागि १६ लाख रुपैयाँ अक्षयकोष रहेको छ । सो कोषबाट हरेक दुई वर्षमा नेपालबाट गैरआवासीय नेपालीहरुको हकहितको लागि कलम चलाउने एक जना र विदेशमा कार्यरत एक जना पत्रकारलाई पुरस्कृत गरिन्छ ।