१३ बैशाख २०८१, बिहीबार
Follow Us

गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण

नेपालब्रिटेन डट कम्
२७ माघ २०७५, आईतवार १५:२१

पाेखरा- गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले ‘वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरे ।

गण्डकी प्रदेशसभाले यही माघ ८ गते उक्त विधेयक पारित गरेको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ ।