१३ बैशाख २०८१, बिहीबार
Follow Us

बहिर्गमन औपचारिक प्रक्रिया अर्को वर्ष

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार ०५:२५

बिर्मिङ्गहाम । बेलायतका प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताउनु भएको छ । बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताउनुभएको छ । कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा मेले सो कुरा प्रष्ट पार्नु भएको हो ।

बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि ग¥यो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।

यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो ।

उहाँल आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेको भए पनि महिनादिन मात्र पनि पदमा बस्न सहज ठान्नुभएन र निस्किनु भएको थियो ।

यसपछि कन्जरभेटिभ पार्टीका नेत्री टेरेसा मेले बेलायतमा दोस्रो महिला प्रधानमन्त्री कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यारम्भ चुनौतीबाट सुरु भएको थियो ।

बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि ४८ प्रतिशतले युरोपियन युनियनमा बसिरहने निर्णय गरेका थिए ।