१२ बैशाख २०८१, बुधबार
Follow Us

टोटनह्यामद्वारा म्यान्चेस्टर सिटी पराजित

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार ०५:३९

लन्डन । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पुर्णविराम लागेको छ । आइतबार राती भएको खेलमा टोटनह्याम हट्सपरसँग २-० ले पराजित भएपछि पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीको विजयी यात्रामा पुर्णविराम लागेको हो ।

खेलमा म्यान्चेस्टर सिटीका अलेक्जेन्डर कोलारोभले आत्माघाति गोल गरेपछि अग्रता लिएको टोटनह्यामका डेले अलीले एक गोल थप्दै टोलीको जित पक्का गरे ।

जितसँगै टोटनह्याम हट्सपर जारी लिगमा एक मात्र अपराजित टोली बनेको छ ।

लिग अन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई झड्का लागेको छ । म्यानयुले घरेलु मैदानमा स्टोक सिटीसंग १–१ गोलको बराबरीमा चित्त बुझाएको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्सियलले पहिलो गोल गरेपनि स्टोक सिटीका जो एलनले गोल फर्काउदै खेल बराबरी गरे ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा आर्सनलले बर्नलेलाई १-० ले हरायो । आर्सनलका लागि लरेन कोसेल्नीले निर्णायक गोल गरे ।

लिग अन्तर्गतकै अर्को खेलमा लेष्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । रातीका खेलहरुपछि इंग्लिस प्रिमियर लिग फुटबलमा ७ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । समान खेलबाट १७ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा उक्लिएको छ भने १६/१६ अंक जोडेका आर्सनल र लिभरपुल क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।