१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा २८५५ औँ सोनाम ल्होछार सम्पन्न


२८ माघ २०७५, सोमबार ०९:०८

बेल्जियम। बेल्जियमको ब्रुजमा तामाङ समुदायको ल्होछार साँझ भब्यताका साथ सम्पन्न भएको छ। गत शनिबार अर्थात ९ फेब्रुअरीका दिन २८५५ औँ सोनाम ल्होछार मनाईएको हो।

बँदेल बर्षको औपचारिक कार्यक्रम लामा गुरूले पुजा गरे पश्चात्, समाजका अध्यक्ष राम लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा प्रमुख अतिथि रहेका थिए। प्रमूख अतिथिले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। ।

कार्यक्रममा विशिष्ट अथिति अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङहरुको कला र संस्कृति बारे प्रष्टाउदै सम्मानताका लागि राज्यसत्ताको ऐतिहासिक विभेदकारी नितीको अन्त्य हुनुपर्ने बताए।

समाजका सचिव गोपी मोक्तान, नेपाल जनजाति माहासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामा, एनआरएन बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएन केन्द्रिय सचिव जानकी गुरुङले ल्होसारको शुभकामना मन्तब्य दिएका थिए भने समाजकी सदस्य आशा थोकरले स्वागत मन्तव्य राखेकी थिईन् भने महासचिव जोगमान तामाङ र सदस्य लालिङ तामाङलेले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा आएका पाहुनाहरु ८६ बर्षीय किताब सिंह तामाङ, ८० बर्षीया दामु तामाङ र उपाध्यक्ष टासी लामा, सचिव गोपि मोक्तान तथा नेपाल जनजाति महासंघका अध्यक्ष बाबुराजा लामालाई संस्थाका संरक्षकद्वय अनिता तामाङ र भरत लामाले खादा लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा नेपालका आएका अथिती कलाकारद्वय दोहोरी गायक बिरु लामा र सेलो गायिका निर्मला घिसिङको बिशेष प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो भने स्थानीय कलाकारहरु ईना लामा, प्रतिता तामाङ, लिलियम थापा, याना वाईबा, प्रथम लामा र प्रवेश लामाले बेजोड नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा गैर अवासीय नेपाली संघका पदाधिकारीहरू, जातिय सङ्गठनका अध्यक्षहरू, पत्रकार मित्रहरू, वैचारिक र क्षेत्रीय सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत बेल्जियमवासी नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको थियो।