६ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनबाट सुरू भयो ‘सम्हालिन्छ कहिले मन’को सुटिङ


२८ माघ २०७५, सोमबार ०९:२०

‘सम्हालिन्छ कहिले मन’ले लण्डनबाट छायाँकन सुरु गरेको छ । सुदर्शन थापाको निर्देशनमा बन्ने प्रेकथाको बेलायतको लण्डनको साथमा स्कटल्याण्ड तथा वेल्सका विभिन्न स्थानमा ५० दिनसम्म सुटिङ हुनेछ।

सिनेमाका कलाकार र टिमले क्यामेरा पूजा गरेर सिनेमाको छायाँकन सुरू गरेका हुन् ।

सिनेमामा अभिनेत्री पूजा शर्माले डेव्यु अभिनेता सोनम तोप्देन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन्। उनीहरूका अलावा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य आदिको सिनेमामा अभिनय रहनेछ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत छायांकन पश्चात केही प्रतिशत छायांकन नेपालको मुस्ताङमा समेत गरिने छ ।

अमित बस्नेत सिनेमाका निर्माता हुन्।

‘सम्हालिन्छ कहिले मनमा’ अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। सिनेमाको कथा महेश दवाडीले लेखेका हुन् ।