८ बैशाख २०८१, शनिबार
Follow Us

महरले राजीनामा दिएपछि नेबिसंघ तदर्थ समिति बन्ने

sarusaru
२८ माघ २०७५, सोमबार ०९:५२

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ ।

महरले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीका केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यत्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र योगदानलाई राजनीतिक सम्पतिको रुपमा लिएको जनाएका छन् ।