७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन ईंग्ल्याण्ड राज्य समिति गठनको लागि जोडदार माग


२८ माघ २०७५, सोमबार ११:२१

लण्डन । बेलायतको मिडल्याण्ड क्षेत्रका नेपालीहरुको संस्था साझा नेपाली नेपाली समाज यूकेले एनआरएन ईंग्ल्याण्ड राज्य समिति गठनको लागि जोडदार माग गरेको छ ,

लेस्टरस्थित हेरिटेज इण्डिया रेष्टुरेन्टमा समाजका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सोमबार बैठक सम्पन्न बैठकले उक्त माग गरेको हो ।

बैठकमा साझा नेपाली समाज यूकेलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा अध्यक्ष अधिकारीले प्रगति विवरण पेश गरेका थिए । अंग्रेजी भाषामा अनुवादको कार्य भइसकेको तथा अन्य कार्यहरु अघि बढेको जानकारी उनले गराएका थिए ।

बैठकले एनआरएन यूकेले ईंग्ल्याण्ड राज्यसमिति गठन गर्ने सम्बन्धमा १९ नोभेम्बर २०१८ को बैठकले निर्णय गरे बमोजिम नै ईंग्ल्याण्ड राज्य समितिको जोडदार मागमा अडान कायम राख्ने निर्णय गरेको छ । एनआरएनएको विधानमै उल्लेख नभएको क्षेत्रीय वा काउन्टी समतिको पक्षमा साझा नेपाली समाज नरहने प्रस्ताव सर्वसम्मतिले पारित गरियो ।

एनआरएन यूकेको आयोजनामा मिडल्याण्डमा आयोजना हुने भोइस अफ नेपाल च्यारिटी कार्यक्रमलाई सफल बनाउनको लागि संस्थालाई अनुरोध आएबमोजिम सो कार्यक्रमबारे सबै मिडल्याण्डबासी र स्थानीय समाजलाई अनुरोध गर्ने र सफल पार्न सबैले सक्दो सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।

साझा नेपाली समाज लगायत मिडल्याण्डको पनि ठूलो सहभागितामा एनआरएनए यूकेले हालै बेलायती प्रधानमन्त्री कार्यालयमा डेलिगेशन गएर नेपाली भाषाको पहिचानको लागि गरेको पहल तथा गैरआवासीय नेपाली नागरिकको हक, हित र पहिचानका लागि नेपाल सरकारसंग गरेको पहल र मिलेको सफलताको लागि एनआरएनएलाई हार्दिक धन्यवाद समेत बैठकले ज्ञापन गरेको छ ।

संस्थाका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष नारायण फुंयाल, उपाध्यक्ष विष्णु चालिसे , उपाध्यक्ष रामचन्द्र सुवेदी, महासचिव मिलन सापकोटा,सचिव नृपेश उप्रेती, कोषाध्यक्ष कृष्ण खरेल तथा सदस्यहरु सुदर्शन पराजुली, श्याम खत्री, प्रविण पाण्डे र पुन्डरी अर्याल सहभागी थिए ।

त्यस्तै, सल्लाहकारहरु रण केसी, दयानिधि सापकोटा, तारानाथ भण्डारी बलराम चापागाईं, प्रेम आले मगर, पवन शर्मा , पशुपति पोखरेल, कमल भण्डारी र राजु कंडेल , नटिंघम नेपाली समाज अध्यक्ष गोविन्द खरेल, पिटरबरो नेपाली समाजका अध्यक्ष शिव भण्डारी र महासचिव हरिहर भट्टराई लगायतको पनि बैठकमा सहभागिता थियो ।