१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युएईले दियो हिन्दी भाषालाई आधिकारिक भाषाको दर्जा

sarusaru
२८ माघ २०७५, सोमबार ११:१९

युएईले एक ऐतिहासिक फैसला गर्दै हिन्दीलाई आफ्ना अदालतभित्र प्रयोग गरिने तेस्रो आधिकारिक भाषाको दर्जा दिएको छ ।
त्यहाँको अदालतमा अरबी र अंग्रेजीलाई पहिलेदेखि आधिकारिक भाषाको दर्जा प्राप्त थियो ।
न्यायापालिकाको यो निर्णय त्यहाँ न्यायको दायरा फराकिलो बनाउनको लागि गरिएको बताइएको छ ।
अबुधाबीको न्यायिक विभागले शनिवार श्रमिकहरुसँग जोडिएका मुद्धाहरुमा अरबी र अंग्रेजीको अतिरिक्त हिन्दीमा पनि बयान, दावी, अपिल लिन सुरु गरेको बताएको छ ।
विभागले हिन्दी भाषीहरुलाई तिनको मुद्धा प्रक्रियामा सहयोग गर्नको लागि यो कदम चालिएको बताएको छ । यसका साथै तिनलाई तिनका अधिकार र कर्तव्यहरु भाषाको कुनै अड्चनबीनानै बुझाउनको लागि पनि यो बदलाब ल्याइएको विभागको दावी छ ।