१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले बुझायो लाप्राक बस्ती निमार्णको प्रगति विवरण


२८ माघ २०७५, सोमबार १५:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ ।
संघको तर्फवाट केन्द्रीय अध्यक्ष भवन भट्टले उक्त विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बुझाएका हुन् ।

एनआरएनले सरकारलाई पेश गरेको विवरणमा लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया, लालपूर्जा उपलव्ध बनाउन निवेदन, परिमार्जित गुरु योजना, गोला प्रथाबाट तोकिएको लाभग्राहीको सूची र घर नम्बर सहितको आवश्यक कागजातहरु समावेश रहेका छन् ।

सो क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली लाप्राक परियोजनामा निर्माण प्रक्रियामा प्राधिकरणको पूर्ण सहयोग रहने वताउँदै अहिले सम्म भएको प्रगतिप्रति खुसी व्यक्त गरे ।
०७२ बैशाख ११ को भूकम्पले ध्वस्त भएको बस्ती मध्येको एक लाप्राक नमुना बस्ती एनआरएनको लगानीमा निर्माण भएको हो ।