१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनका संस्थापक ढकाल सम्मानित


२८ माघ २०७५, सोमबार १६:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक मध्येका एक चिरञ्जीवी ढकाल नेपालमा सम्मानित भएका छन् ।

ढकाललाई सोमबार चितवनको देवघाटमा १० दिनदेखि जारी ज्ञान महायज्ञमा प्रशंशापत्रसहित खादा ओढाएर सम्मानित गरिएको हो ।

ढकाललाई गुरुकुलका पिठाधिश १००८ स्वामी रमणानन्द महाराज तथा आयुर्वेद शिरोमणि तथा आचार्य वालकृष्णजी महाराजले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि बोल्दै ढकालले आफूलाई योग्य ठानेर सम्मानित गरेकोमा खुसी व्यक्त गरे ।

सम्मानले आफूलाई थप ऊर्जा र हौसला मिलेको भन्दै ढकालले महेश संस्कृत गुरुकुलपरिवारप्रति आभार प्रकट गरे ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतो समेतको उपस्थिति थियो ।
ढकाल नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष समेत हुन् ।