१२ बैशाख २०८१, बुधबार
Follow Us

टी–२० वरियतामा पारस खड्काको छलाङ

नेपालब्रिटेन डट कम्
२८ माघ २०७५, सोमबार १६:०१

काठमाडौं– हालै युएईविरुद्ध तीन दिवसीय र टी–२० क्रिकेट खेलेको नेपाली राष्ट्रिय टोलीको चर्चा अझैं सेलाएको छैन । सो खेलमा नेपाल विजयी हुँदै प्रशंसा बटुल्यो ।
यही क्रममा क्रिकेटमा अर्को खुसीको खबर छ ।
कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी) को टी–२० बरियतामा ठूलो फड्को मारेका छन् । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारस पहिलो पटक अलराउन्डर वरियताको शीर्ष ४० भित्र परेका छन् । पारसले ७६ रेटिङ पोइन्ट पाएका छन् । टी–२० ब्याटिङ वरीयतामा भने पारस ९०‍औं स्थानमा छन् । यसैगरी बलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् ।