७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरस्वतीको प्रसाद खाएका ४० जना विद्यार्थी एकैपटक बिरामी

sarusaru
२९ माघ २०७५, मंगलवार ०१:५२

लोहारदागा, झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन्।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताए।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिए।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताएका छन्। यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिए।
डिसी नेपाल