१५ बैशाख २०८१, शनिबार
Follow Us

सेनाद्वारा रातो कार्पेटमा पनि भ्रष्टाचार

नेपालब्रिटेन डट कम्
२९ माघ २०७५, मंगलवार ०३:०६

काठमाडौं– १८ औं सार्क सम्मेलनमा आउने भीआईपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।
भीआईपीका लागि ५ हजार ९ सय ८८ वर्गफिटमात्रै कार्पेट प्रयोग भएको थियो । तर सेनाले ७ हजार २५ बर्गफिट कार्पेट गरिद गरेको विवरण पेस गरेको थियो ।
यसबाट राज्यलाई ४ लाख व्ययभार गरेको थियो ।
रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो ।
सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख बजेट दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।