१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाङमा अपहृत ३ वर्षीया बालिकाको उद्धार, अभियुक्त पक्राउ

sarusaru
२९ माघ २०७५, मंगलवार ०३:३३

दाङ : दाङमा सोमबार दिउसो अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार भएको छ ।

घोराही उपमहानगरापालिका–१४ कपासीबाट खेलिरहेको अवस्थामा अस्मिता शाहीकी ३ वर्षीया छोरी अपहरणमा परेकी थिइन् । अपहरणको केही घण्टामै प्रहरीले उनको सकुशल उद्धार गरेको हो ।

सोमबार दिउसो अपहरण परेको हल्ला भएपछि तत्काल प्रहरीले चारै नाका सिल गरेर खोजी गर्दा अपहरणमा परेका नाबालिकालाई सकुशल उद्धार गरिएको छ भने बालिका अपहरण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरणको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । घोराही–६ का २८ प्रयास चौधरीलाई बालिका अपहरणको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बताए ।

प्रहरीका अनुसार चौधरीले भाडामा बस्दैआएकी शाहीको कोठा नजिकैबाट बालिकाको अपहरण गरेका थिए । बालिका अपहरण गरी भागेको भन्दै प्रहरीले जिल्लाका सम्पूर्ण नाका बन्द गरी खोजतलास गरेको र समयमै बालिकाको उद्धार भएको प्रहरीले बताएको छ ।

बालिकालाई प्रहरीले घोराहीको रतनपुर चोकबाट सोमबार सकुशल उद्धार गरेको हो । चौधरीलाई अपहरण वा शरीर बन्दक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको दाङ प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पोष्ट