८ बैशाख २०८१, शनिबार
Follow Us

जब नाच्न थाले अनमोल, भुवन केसी पनि मौन बसेनन्

sarusaru
२९ माघ २०७५, मंगलवार ०६:४१

काठमाडौं – फिल्म प्रमोसनका लागि मेला, महोत्सव अचेल गतिलो माध्यम बन्ने गरेको छ । सायद त्यसैले होला पछिल्लो समय धेरै फिल्म युनिट प्रमोसनका लागि मेला, महोत्सव जाने गरेका छन् ।
आफ्नो फिल्म प्रमोसनका लागि अभिनेता अनमोल केसी पनि महोत्वसमा पुगेका छन् । उनी नेपालगन्जमा आयोजित प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ मा आफ्नो फिल्म ‘क्याप्टेन’ प्रमोसनका लागि पुगेका हुन् ।
१७ फागुनबाट प्रदर्शनमा आउने फिल्मको प्रदर्शन मिति नजिकिएसँगै निर्माण युनिट पनि प्रमोसनमा निस्किएको हो । बिभिन्न सुरक्षा गाड सहित महोत्सवको स्टेजमा पुगेका केसीलाई दर्शकले ताली, हुटिङले स्वागत गरेका थिए ।
महोत्सवमा दर्शकले अभिनेता अनमोलसँग फिल्म ‘क्याप्टेन’को विषयमा विच रिलिजको तयारीमा रहेको फिल्मको विषयमा प्रश्न समेत राखेका थिए ।
कार्यक्रममा अनमोलले दर्शकको आग्रहमा फिल्मको गीत ‘रहर छ सँगै’मा नाचेर समेत देखाए । ट्रेलरमा समावेश केही डाइलग समेत दर्शकको अनुरोधमा उनले बोल्नु पर्यो ।
अनमोलसँग केही समय भएपनि नजिकिने अवसर दिएकोमा महोत्सवमा सहभागी दर्शकले आयोजकलाई धन्यवाद दिए ।
महोत्सव अनमोलको अलवा अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले समेत प्रस्तुति दिएका थिए ।