४ बैशाख २०८१, मंगलवार
Follow Us

विप्लव’का नारा प्रहरीले मेटाएपछि

sarusaru
२९ माघ २०७५, मंगलवार ०६:४९

बुटवल-नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको २४औं बार्षिकोत्सव समारोह मनाउने तयारी गरिरँहदा गाउँगाउँमा अभियान लिएर गैरहेको छ । विगतदेखी नै अभियान चलाउँदै आएको सो पार्टीले यतिबेला जनयुद्धको दिवस मनाउने तयारीमा जुट्दा गाउँदेखी सहरहरुमा उत्सवको रुपमा मनाउँदैछ । जनयुद्ध दिवस सफल पारौं, बैज्ञानिक समाजवाद जिन्दावाद एकिकृत जनक्रान्ति जिन्दावाद भन्दै नारा लेख्ने र व्यानरहरु टास्ने गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । यसैक्रममा लुम्बिनी व्यूरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाईएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अंकित व्यानर र सडक छेउमा लेखिएका झण्डै दुई दर्जन नाराहरु प्रहरीले मेटिदिएको छ । संविधानप्रदत्त अधिकारमा संघ संगठनका नारा लेख्न पाईने भएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लेखेको नारा तथा व्यानरहरु यसरी फालिएको हो । कपिलवस्तु र दाङ्गको सिमानामा पर्ने धानखोलामा लेखिएका सबैजसो नाराहरु पोतेर मेटाईएको छ भने, मुख्य सहर र चोकहरुमा लगाईएको व्यानरहरु रातारात हटाईएको छ । यसरी प्रशासन क्रसित र आतंकित बन्दै खुला रुपमा आफ्नो प्रचारप्रसार गर्न पाउने अधिकारमाथि हनन गर्नुले राजनीतिक द्धन्द्ध बढ्न सक्ने देखिन्छ । यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले एक विज्ञप्ती जारी गर्दै,‘संविधानले लागू गरेको मौलिक हक कुल्चिदैं राजनीतिक नारा हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको र बन्दुकको भाषा प्रयोग नगर्नसमेत चेतावनी दिएको छ । जिल्ला ईन्चार्ज संगमद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ जनतालाई सुसुचित गराउने राजनीतिक नारा हटाउँनु द्धन्द्धको आगमन हो