१२ बैशाख २०८१, बुधबार
Follow Us

रक्तदान किन र कसरी ? कोलोराडोमा हुँदैछ कार्यक्रम

sarusaru
२९ माघ २०७५, मंगलवार ०७:२१

कोलोराडो– नेपाली संस्थाहरुको पहलमा कोलोराडोमा आगामी फ्रेबुअरी २३ तारिकका दिन रक्तदान कार्यक्रम हुने भएको छ ।
त्यसअघि १६ तारिकका दिन रक्तदान जिवनदान किन र कसरि बिषयक जनचेतना मुलक कार्यक्रम आयोजना हुने भएको छ ।
लङमन्ट हिमालयज लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको संयूक्त आयोजना तथा बोल्डर स्थित बोन फिल्स सेन्टरको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
जनचेतना मुलक कार्यक्रम ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको आयोजनामा हुनलागेको हो ।
निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।
नेपाली संस्थाहरुको विषेश आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले फ्रबुअरी २३ तारिकका दिन बिहान ७ बजे देखि दिउसो ४ बजेसम्म समय उपलब्ध गराएको ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन् ।
नेपाली समुदायको प्रतिष्ठा र पहिचाहनको लागि कोलोराडो स्थित सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी सबैलाई कार्यक्रमा सहभागी भई रक्तदान गरि कार्यक्रमलाई भब्यताका साथ सफलपारि दिनहुन उनले सबैलाई अनुरोध गरेका छन् ।
ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरले रक्तदान जिवन दान किन र कसरी भन्ने बिषयमा यहि फ्रेबुअरी १६ शनिबारका दिन दिउसो १.३० बजे ब्रुमफिल लाईब्रेरीमा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताईएको छ । सोही अवसरमा संस्थाले आजिवन सदस्यहरुलाई प्रमाण पत्र तथा पिन वितरण कार्यक्रम समेत समावेस गरेकोले उक्त्त कार्यक्रममा उपस्थितीको लागी सबैलाई अनुरोध गरिएको छ ।