११ बैशाख २०८१, मंगलवार
Follow Us

क्यालिफोर्नियामा एनआरएन युएसए हेल्प डेस्कको कार्यक्रम

sarusaru
२९ माघ २०७५, मंगलवार ०७:३०

अमेरिका–एनआरएन युएसए हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको आयोजनामा ‘आमने सामने कार्यक्रम’ सम्पन्न गरिएको छ ।
हेल्प डेस्क उत्तर क्यालिफोर्नियाका संंयोजक तथा एनआरएन एएनसीसी युएसए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तुलशी चौलागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएन हेल्प डेस्क केन्द्रीय समितिका सचिव मणि नेपाली पनेरुले हेल्प डेस्क सम्बन्धी प्रस्तुती दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएन एएनसीसी चाइनाका पूर्व अध्यक्ष डिल्ली पराजुली तथा बिशिष्ट अतिथीको रुपमा नेपाल कपिलवस्तु, शिवराज नगरपालिकाका मेयर नेत्र राज अधिकारीले मनतव्य राख्दै हेल्प डेस्कका सत्प्रयासहरुको सराहना गरेका थिए ।
सो कार्यक्रममा बन्धु पोखरेलसहित नबिन अधिकारी, सुनिता गुरुङ, टंक रायछेत्रीलगायतले आफ्नो प्रस्तुती दिएका थिए ।