६ बैशाख २०८१, बिहीबार
Follow Us

‘मिस सुपर मोडल ग्लोब’मा नेपालको प्रतिनिधित्व गर्दै अदिति


२९ माघ २०७५, मंगलवार ०९:२९

काठमाडौं – भारतको नयाँ दिल्लीमा केही दिन देखि जारी अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब’मा नेपालको प्रतिनिधित्व अदिति अधिकारीले गरेकी छन् । उक्त प्रतियोगिताको लागि उनी आइतबार दिल्ली पुगेकी हुन् ।
फेब्रुअरी १४ मा फाइनल हुने प्रतियोगितामा प्रतियोगितामा प्रत्येक दिन विभिन्नि कार्यक्रम भइरहेको छ । उनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् ।
अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यसँग बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी उनले ‘मिस सुपर मोडल ग्लोब’ उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको बताइन् । उनले थपे ‘कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’
१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’की बिजेता हुन् । प्रतियोगितामा नेपाल, भारत , चिन लगायत १६ देशका सुन्दरीहरुको सहभागिता रहेको छ ।
युवायुवतीलाई फेसन उद्योगमा आउन यस्तो प्रतियोगीताले प्रेरणा मिल्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए ।