८ बैशाख २०८१, शनिबार
Follow Us

भारतको कोठीमा बेचिएका पाँच नेपाली चेलीको उद्धार


२९ माघ २०७५, मंगलवार ०९:५३

काठमाडौं–भारतको उत्तर प्रदेश राज्यको आग्रास्थित एक कोठीमा बेचिन पुगेका ५ नेपाली चेलीको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको पहलमा उद्धार गरिएको गरिएको छ ।
भारतमा १७ महिनाको नारकीय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका उनीहरुदाई आज सम्पूर्ण प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको पाण्डेले जानकारी दिए ।
पाण्डले उद्दारमा सहयोग गर्ने नेपाली दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम, मिडिया लगायत सम्पूर्ण सहयोगीप्रति धन्यवाद प्रकट गरेका छन् ।