१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नयाँदिल्लीको होटलमा भीषण आगलागी

sarusaru
२९ माघ २०७५, मंगलवार १०:०९

भारतको राजधानी दिल्लीको करोल बागस्थीत गुरुद्वारा रोडमा रहेको होटल अर्पित प्यालेसमा मंगलबार विहान आगलागी भएको छ ।
घटनामा १७ जनाको मृत्यु भएको छ । ज्यान बचाउनको लागि तीन जनाले चौथो तल्लाबाट हामफालेका छन् । हामफाल्ने मध्य एकको मृत्यु भएको छ भने बाँकी दुई जना घाइते भएका छन् ।
दिल्ली प्रहरीका एक वरिष्ठ अधिकृतका अनुसार घाइतेहरुलाई राम मनोहर लोहिया अस्पतालसमेत तीन अस्पतालहरुमा लगिएको छ ।
प्रत्यक्षदर्शीको भनाईमा होटलको कोरिडोरमा लगाइएको काठको प्यानलको कारण आगो तीब्र गतिमा फैलिएको थियो ।