१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्कटल्याण्डमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन


२९ माघ २०७५, मंगलवार ११:१८

प्रकाश अर्याल । स्कटल्याण्ड– एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहलमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन भएको छ।

स्थानीय फलक्रिक काउन्सिलसँगको साझेदारीमा गठन गरिएको एसोसियसनको अध्यक्षमा मोहन कार्की र सचिवमा चन्द्र कश्यप चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा कमला ग्रीन रहेका छन् । सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र संजय खड्का रहेका छन् ।

समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर तथा सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिस, अरुण गोपीनाथको उपस्थिति रहेको थियो।

समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसियसनले कार्यहरु गर्ने बताए ।

स्थानीय काउन्सिलको साझेदारको रुपमा रहेर नेपाली समाज गठन हुनु नौलो कुरा रहेको र समितिलाई काउन्सिलले फन्डिंग गर्न शुरु गरिसकेको कार्कीले बताए ।
अध्यक्ष मोहन कार्कीले नेपाली हिन्दु मन्दिरको लागि काउन्सिललाई आग्रह गरेको र काउन्सिलले चाडै भवन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको बताए ।

यस्तै सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डसँगको साझेदारीमा हेट क्राइम र डिसक्रिमिनेसन तालिम चाँडै शुरु गरिने बताए ।