११ बैशाख २०८१, मंगलवार
Follow Us

घाँटी रेटेर पोखरामा १४ बर्षिय बालकको हत्या


२९ माघ २०७५, मंगलवार ११:२१

कास्की । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा १४ बर्षिय बालक सचिन सिन्जालीको घाँटी रेटेर हत्या भएको छ । लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते मंगलबार हत्या भएको अवस्थामा शव फेला परेका हो । पाल्पा जिल्ला घर भइ लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।