११ बैशाख २०८१, मंगलवार
Follow Us

ढकाल युएईका लागि नेपाली राजदूत नियुक्त


२९ माघ २०७५, मंगलवार ११:२४

काठमाडौं–युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ढकाल परराष्ट्र सेवाका कर्मचारी हुन् ।