११ बैशाख २०८१, मंगलवार
Follow Us

अदालत परिसरबाटै हतकडीसहित अभियुक्त फरार

नेपालब्रिटेन डट कम्
२९ माघ २०७५, मंगलवार १५:०१

कैलाली– जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् ।

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ । फरार दमाईंको पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।