१३ बैशाख २०८१, बिहीबार
Follow Us

धुर्मुस–सुन्तलीले उठाए मलेसियाबाट ३५ लाख ७१ हजार

नेपालब्रिटेन डट कम्
२९ माघ २०७५, मंगलवार १५:०४

लण्डन– अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तलीले मलेसियामा कार्यक्रम गरेर ३५ लाख ७१ हजार सहयोग उठाएका छन् ।
धुर्मुसले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै मलेसियामा उठेको रकम सार्वजनिक गरेका हुन् ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेपश्चात रंगशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भए बमोजिम मलेसियाका तीन वटा शहरहरु क्लालालम्पुर, जोहोर बाहु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वतस्फूर्त रुपमा तीनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग खुलेर गर्नुभयो’, धुर्मुसले फेसबूकमा लेखेका छन्, ‘आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौँ ।’

साथै उनले सबै नेपालीलाई धन्यवाद समेत दिएका छन् । चितवनमा निर्माण हुन लागेको रंगशाला ३ अर्ब बजेटमा निर्माण हुन लागेको छ ।