१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शर्मिलाले ल्याइन् ‘मेरो ठुम्कामा’

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार ०७:४२

लण्डन । नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ‘ मेरो ठुमकामा ‘ आईतवार लण्डनमा एक समारेह वीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस् संगीतीक भिडियो बेलायतमा कार्यरत पत्रकारहरुको बीचमा बिमोचन गरिएको हो । पत्रकार द्वोय नबिन पोखरेल र चिरन शर्मा सहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्युजिक भिडियो ‘ मेरो ठुमकामा ‘ बिमोचन गरेका हुन् ।

नृपेश उप्रेतीको शब्द र बसन्त सापकोटाको संगीत रहेको ‘ मेरो ठुमकामा ‘ नाच्न मिल्ने रमाईलो गीत हो । यस गीतको म्युजिक भिडियो भने बेलायत निवासी बिजय घिमिरेले निर्देशन गरेका हुन भने भिडियोमा स्वयं बिजय र चर्चित मोडेल साराले अभिनय गरेका छन् । सबै दृश्यहरु बेलायत मै छायांकन गरिएको हो ।

बिमोचन समारोहमा बोल्दै पत्रकार चिरन शर्माले राम्रो संगीतको प्रसार गर्नु संचारकर्मीहरुको पनि कर्तब्य भएको बताउदै बिदेशमा कलाकारहरुलाई नेपाली संकृति झल्किने कुरा प्रस्तुत गर्नु पर्नेमा जोड दिनु भयो ।

गायिका शर्मिला बर्देवाले गीत प्रकाशन मा ल्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आफु विदेशबाट टाढा भएपनि नेपाली संगीत क्षेत्रलाई निरन्तर योगदान दिन हरेक वर्ष नया शृजना दिइरहने बतायिन ।

समारोहमा पत्रकारहरु मिलन शर्मा , शिब भण्डारी , नारायण गाउले , नरेन्द्र बस्नेत , बिरेन्द्र श्रेष्ठ लगायत सपन इन्टरटेन्मेन्तका सपन राई राई र मंजु गुरुङ पनि उपस्थित थिए ।

यस गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल लिमिटेड ले युट्युब मार्फत सार्बजनिक गरको छ भन्ने छिट्टै आइट्युन्स , गुगलप्ले , अमेजन एमपीथ्री , स्पटिफाई लयायत सबै डिजिटल मीडियामा उपलब्ध हुने छ ।
14495488_10154566500454282_7964191256521900060_n