१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए नाइजेरियाले रक्तदान गर्ने


२९ माघ २०७५, मंगलवार २०:२३

लेगोस। नाइजेरिया । गैरआबासिय नेपाली संघ , नाइजेरियाले, नाइजेरियाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । लेगोसमा दोश्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोससंगको सयुक्त आयोजनामा यहि फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले जनाए ।

रक्तदानमा स्थानीय समुदाय र एनआरएनहरुको उल्लेख्य उपस्थिती रहने विश्वास संघका अध्यक्ष बिश्वास पौडेलको रहेको छ ।