१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यार्थीको धरौटी शुल्क यसरी पचाउँछन् ल क्याम्पसका लाइब्रेरियनले

sarusaru
१ फाल्गुन २०७५, बुधबार ०३:४०

काठमाण्डौ – प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसमा एक शैक्षिक सत्रमा हजारौँ विद्यार्थीहरु भर्ना हुन्छन् तर पढ्न आउने सय बराबर पनि हुँदैनन् ।तिनै हजारौँमा सय बराबरका विद्यार्थीलाई पनि पढ्न कक्षा नपुगेर बाहिर उभिएर पढ्न पनि नमिल्ने अवस्था भएको देखिन्छ ।

कानुन पढाई हुने क्याम्पसमै नियम छैन । त्यतिमात्र होइन ,कानुन क्याम्पसकै कर्मचारीहरु भ्रष्ट छन् ,प्रशासन भ्रष्ट छ । विद्यार्थी भर्ना हुँदा पुस्तकालय धरौटी शुल्क तिर्छन् तर पुस्तकालयमा पुस्तक छैन भनेर पढ्ने पुस्तक पाउँदैनन् विद्यार्थीहरु । जब धरौटी फिर्ता हुने समयमा सूचना प्रकाशित गरिन्छ अनि विद्यार्थी धर्राटी फिर्ता लिन जाँदा अनेक जालझेल गरेर लाइबे्ररीका कर्मचारीले धरौटी शुल्क खाने गरेको खुल्न आएको छ । अझ अर्को रहस्य के छ भने नचिनेका र क्याम्पस नै नआउने विद्यार्थीका नाममा दर्ता गरेर आफ्ना नजिकका र नातेदार पर्ने विद्यार्थीहरुलाई ती पुस्तक दिने र पछि धरौटी भने सक्कली विद्यार्थीको नै गायव गरिदिने गरेको कुरा खुलेको छ ।

ल क्याम्पस , २०७२ समूहका एकजना विद्यार्थीले नाम नखुलाउने सर्तमा भने– ‘पुस्तकालय धरौटी फिर्ता भइरहेको सूचना देखेपछि टाढाबाट आएँ ५०० भएपनि किन छोड्ने आफ्नो अधिकार भनेर ,मैले कहिल्यै बुक पनि लगेको छैन ,म कलेज पनि फस्ट इयरमा १ महिना मात्र आएँ नत्र आइनँ तर ऐले सहायक चिफ सरले तोक लगाइदिइसक्नुभाछ लाइब्रेरीमा बसेको सरले किताब लगेको छ भनेर सिग्नेचर गरिदिनुभएन । उहाँको व्यवहार सबैलाई त्यस्तै रहेछ ।विद्यार्थी पुस्तकालय जाँदा झर्कने , नबोल्ने गर्नुहुँदो रैछ ।मसँग उहाँ झगडा नै गर्नुभयो ।’

कानुन पढाई हुने क्याम्पसमा नै यस्तो भ्रष्ट कर्मचारी हुन्छन् अनि विद्यार्थीहरु के सिक्लान् भनेर क्याम्पस प्रशासन पनि सचेत नरहेको देखिन्छ ।