१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एकै पटक नेपाल प्रहरीका १२ एसपीको काज सरुवा

sarusaru
१ फाल्गुन २०७५, बुधबार ०५:५६

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका १२ एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ ।
यस्तै मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् ।
यस्तै बागलुङ प्रहरी प्रमुखमा कृष्णहरी शर्मा काज सरुवा हुँदा योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् । खरेल यसअघि विशेष ब्यूरोमा कार्यरत थिए ।
यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्य, रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।
यसैगरी एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् ।