१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रक्सी खाएर प्रहरीका असईको पेस्तोल आतंक

sarusaru
१ फाल्गुन २०७५, बुधबार ०५:५९

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाहीलाई वानेश्वर प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेको राती अबेरसम्म पनि उनीहरु बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।
त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले शाहीले प्रहरीलाई समेत दुर्व्यहार गरेको प्रतिवेदनतसहित आवश्यक कारबाहीको लागि अपराध मशाखाहामा फाइल पठाइएको जानकारी दिए ।