१५ चैत्र २०८०, बिहीबार
Follow Us

उद्यमशीलता सम्मेलनमा आईएमईको तर्फबाट हेमराज ढकाल सहभागि हुने

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७५, बुधबार १३:२३

काठमाडौं– बिहीबारदेखि सुरु हुन लागेको नेपाल उद्यमशीलता सम्मेलन २०१९ मा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल सहभागि हुने भएका छन् ।
देशमा औद्योगिक वातावरण सिर्जन गर्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनमा ढकालले कम्पनीको तर्फबाट धारणा प्रस्तुत गर्ने आईएमईले जनाएको छ । सम्मेलनमा होटल याक एण्ड यतिमा हुने कार्यक्रम रहेको छ ।

नेपाल उद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रुपमा सम्मेलनको आयोजना गर्न लागेको हो ।
यस सम्मेलनले मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट विशेष सम्बोधन हुने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल समेत हुने जनाइएको छ ।