४ बैशाख २०८१, मंगलवार
Follow Us

बादल लिएर आउँदै संजीव खरेल

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७५, बुधबार १४:३४

सिड्नी–आखिर चाहेमा गर्न नसकिने भन्ने के छ र ? मान्छेमा सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र आत्मविश्वास हो ।
गायक संजीव खरेललाई सानैदेखि गीत संगीतमा रुचि थियो । कला , साहित्य , संगीतलाई केवल मनोरञ्जन मात्रै सम्झिने हाम्रो नेपाली समाजमा त्यो बेला उनले प्रोत्साहन नपाएर औपचारिक संगीत अध्यन गर्न पाएनन् ।

स्कुल र कलेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिएर संगीतको तिर्खा मेट्ने प्रयास गरेका यी गायक सन २००९ मा उच्च शिक्षाका लागि अस्ट्रेलिया आए।

प्रविधिले सबैकुरा सम्भव बनाएको आजको समयमा उनको साथी बनेको छ, युटुव । सुन्दै सिक्दै अघि बढिरहेका यी गायकले यसअघि आफ्नो पहिलो गीत ‘तिम्रो मायामा’ सार्वजनिक गरिसकेका छन्।

२ वर्षपछि उनी आफ्नो नयाँ गीत ‘बादल’ लिएर दर्शक–स्रोता माझ आउने भएका छन्।

यस गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् ।

रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेका हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्।

श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको गीतको भिडियोलाई अन्नपूर्ण फिल्म्सको टिमले निर्देशन गरेको हो। गीतको भिडियो मार्च १ तारिख गायक संजीव खरेलको अफिसिएल युटुब च्यानल मार्फत रिलिज हुनेछ।